arin enterprises

भारतमा संक्रमित बढेसँगै निको हुने पनि तीन गुणाले बढ्यो

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ७, बुधबार

भारतमा आज अहिलेसम्मकै उच्च संख्यामा संक्रमित थप हुँदा निको हुनेको संख्या पनि उल्लेख्य रुपमा बढेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिए अनुसार भारतमा बुधबार थपिएका कोरोना भाइरस संक्रमितको संख्या हालसम्मकै उच्च रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै संक्रमित संख्या ६ हजार १ सय ४७ थपिएका छन् ।

अहिले भारतमा कुल संक्रमित संख्या १ लाख ११ हजार ७ सय ५० पुगेको छ ।

त्यस्तै, अर्को तिर यहाँ संक्रमण निको हुनेको संख्या पनि उल्लेख्य रुपले बढेको छ । 

भारतको स्वास्थ्य विभागको तथ्यांक अनुसार दिल्लीमा कोरोनाभाइरस संक्रमित बिरामीहरु निको हुने दर तीन गुणाले बढेको छ ।

यहाँ निको हुनेको संख्या ४५ हजार ४ सय २२ पुगेको छ ।

मगंलबारसम्म दिल्लीमा मात्र १० हजार ५ सय ५४ जना संक्रमितमध्ये ४५ प्रतिशत निको भइसकेका छन् ।

गत महिनाको तुलनामा परीक्षण दर पनि बढाइएको छ । 

गत महिना २४ हजार ३ सय ८७ जनामा परिक्षण गरिएको थियो भने यस महिना १ लाख २१ हजार ४ सय ६७ जनामा कोरोना परिक्षण गरिएको छ ।

एक नयाँ अध्ययनले अहिले बढ्दै गरेको भौगोलिक तापमान कोरोना भाइरस महामारी नियन्त्रणमा सहायक हुनसक्ने बताएको छ ।

भौगोलिक तापमान अनुसार शारीरिक तापक्रम बढेसँगै भाइरसको क्षमता सम्भवतः कमजोर हुनेसक्ने बताइएको छ ।

भारतमा हाल सम्म १ लाख ११ हजार ७ सय ५० जना संक्रमित छन् भने ४५ हजार ४ सय २२ जना निको भइसकेका छन् । ३ हजार ४ सय ३४ जनाले ज्यान गुमाएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय