arin enterprises

सामाजिक सञ्जालहरु दर्ता गरेर मात्र चलाउन पाउने

SamacharDesk | २०८० कार्तिक २४, शुक्रबार

सरकारले विभिन्न सामाजिक सञ्जालहरु नेपालमा दर्ता गर्नुपर्ने निर्देशिका तयार पारेको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको वैठकले उक्त निर्देशिका स्वीकृत गरेको हो । फेसबुक, टिकटक, ट्वीटरलगायतका सामाजिक सञ्जालहरु नेपालमा दर्ता गर्नुपर्ने ब्यवस्था गरिएको छ ।

निर्देशिका अनुसार सामाजिक सञ्जालहरु दर्ताका लागि सूचना प्रकाशित गरिने र सूचना प्रकाशित गरेको तीन महिनाभित्र दर्ता नगरे बन्द गर्न सकिने प्रावधान निर्देशिकामा रहेको छ ।

मन्त्री परिषदको वैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब भूकम्प पीडितलाई दिने निर्णय गरेको संचार मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद वैठकले इन्धनमा लगाउँदै आएको प्रति लिटर १० रुपैयाँ पूर्वाधार शुल्क मध्ये ५ रुपैयाँ बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिने तथा पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।

Categorized in राष्ट्रिय
SKIP THIS tihar2082