विश्वभरिमा संक्रमित संख्या ५१ लाख नाघ्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ८, बिहिबार

विश्वभरिमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५१ लाखको नाघेको छ ।
विश्वभरीमा संक्रमित हुनेको संख्या ५१ लाख ५ हजार ९ सय २ पुगेको छ ।
उपचारपछि निको हुनेको संख्या पनि बढ्दै गएको छ । २० लाख ३५ हजार ४ सय ४५ जना यस भाइरसको संक्रमणबाट निको हुँदा ३ लाख ३० हजार ३ जनाको मृत्यु भएको छ ।
संयुक्त राज्य अमेरिकामा अहिलेसम्ममा १५ लाख ९३ हजार ३९ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ ।
तीमध्ये ३ लाख ७० हजार ८ सय १२ जना उपचार पछि निको भएका छन् भने ९४ हजार ९ सय ४१ जनाले ज्यान गुमाइसके ।
रसियामा कोरोनाभाइरसबाट संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ५४ छ । तीमध्ये ९२ हजार ६ सय ८१ जना निको भएका छन् । ३ हजार ९९ जनाको भने मृत्यु भएको छ ।
दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा २ लाख ९३ हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १८ हजार ८ सय ९४ जनाको मृत्यु भएको छ भने १ लाख १६ हजार ६ सय ८३ जना निको भएका छन् ।
स्पनेमा २ लाख ७९ हजार ५ सय २४ जना संक्रमित हुँदा १ लाख ९६ हजार ९ सय ५८ जनाले कोरोनालाई जितेका छन् । २७ हजार ८ सय ८८ जनाले भने मृत्युवरण गरेका छन् ।
बेलायतमा २ लाख ४८ हजार २ सय ९३ जना संक्रमित मध्ये ३५ हजार ७ सय ४ जनाले ज्यान गुमाइसके ।
इटालीमा २ लाख २७ हजार ३ सय ६४ जना संक्रमितमध्ये ३२ हजार ३ सय ३० जनाको मृत्यु भएको छ । १ लाख ३२ हजार २ सय ८२ जनाले कोरोना विरुद्धको लडाईँ जितेर उपचार पछि घर फर्केका छन् ।
फ्रान्समा १ लाख ८१ हजार ५ सय ७५ जना संक्रमितमध्ये ६३ हजार ३ सय ५४ जनाले भाईरससँगको लडाईँ जितेका छन् । २८ हजार १ सय ३२ जनाले ज्यान गुमाइसके ।
जर्मनीमा १ लाख ७८ हजार ५ सय ३१ जना संक्रमितमध्ये १ लाख ५८ हजार जना उपचारपछि निको भएका छन् । ८ हजार २ सय ७० जनाको मृत्यु भएको छ ।
छिमेकी राष्ट्र भारतमा पनि कोरोना संक्रमण फैलँदै गरेको अवस्था छ । यहाँ १ लाख १२ हजार ४ सय ४२ संक्रमितमध्ये ४५ हजार ४ सय २२ जना निको भइसकेका छन् । ३ हजार ४ सय ३८ जनाको मृत्यु भइसकेको छ ।
हाल अद्यावधिक तथ्याङ्क अनुसार अहिलेसम्म संक्रमित कुल संख्या मध्ये ३९.८७ प्रतिशत उपचार पछि निको भएर घर फर्केका छन् । ६.४६ प्रतिशतले ज्यान गुमाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय