प्रसाईं समुहको आज पनि प्रदर्शन, दर्जनौं पक्राउ
SamacharDesk | २०८० मङ्सिर ८, शुक्रबार

मेडिकल व्यवसायी दुर्गा प्रसाइको समुहले आज पनि राजधानीमा प्रदर्शन जारी राखेका छन् ।
दुर्गा प्रसाईंको समुहले आजबाट तीनकुनेमा प्रदर्शन गरिरहेका छन् । यता प्रशासनले दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नगरेको जनाएको छ ।
उक्त महाअभियानलाई तीनकुने क्षेत्रमा कार्यक्रम गर्न अनुमति नरहेको भन्दै जबर्जस्ती गरे कानुन बमोजिं कारबाही हुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको आह्वानमा तीनकुनेमा आज भइराखेको प्रर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले २६ जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभयो । शान्ति सुरक्षामा खटीएको प्रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले हिर्काएको र अराजकता फैलाएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
हिजो बल्खुमा भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए । उता प्रसाईंको भक्तपुरस्थित निवासमा सुरक्षाकर्मी परिचलन गरिएको छ ।
राजधानीको तीनकुने क्षेत्रमा आज प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईं निवासमै रहँदा परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।
प्रसाईंको निवास वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र आउजाउ गर्नेमाथि सोधपुछ भइरहेको छ ।
Categorized in राष्ट्रिय