मेलम्चीको मुहान ५०० मिटर सार्नुपर्ने आँकलन
SamacharDesk | २०८० मङ्सिर १०, आइतबार

२०७८ साल असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना अझै केही वर्ष लम्बिने भएको छ ।
आयोजना सम्पन्न भएको समयमा केही महिना पानी वितरण गरेको थियो । तर असार साउनमा आएको बाढीको भेलले मेलम्चीको मुहान नै बन्द गरिदिएपछि बन्द भएको थियो ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीले पु¥याएको क्षतिका कारण आयोजनाको मुहान सार्नुपर्ने देखिएपछि यस्तो स्थिति आइलागेको आयोजनाले जनाएको छ ।
हालै मात्र गरिएको एशियाली विकास ब्याङ्कले एक अध्ययनले खोलाको पानी ल्याउन बनाइएको सुरुङको मुहान करिब ५०० मिटर सार्नुपर्ने औँल्याएको छ ।
आयोजनाका अनुसार अहिले मेलम्चीदेखि सुन्दरीजलसम्म बनाईएको सुरुङ्को लम्बाई २६ किलोमिटर रहेको छ ।
यसअघि विक्रम संवद् २०७८ साल असार र साउनमा आएको बाढीले आयोजनाको मुहानमा क्षति पु¥याएको थियो ।
Categorized in राष्ट्रिय