दोश्रो विश्व नेवाः हाजिरीजवाफ प्रतियोगीता सम्पन्न
SamacharDesk – Ram Dangol | २०८० मङ्सिर १७, आइतबार
विश्वभरीका नेवाःहरुको छाता संगठन विश्व नेवाः संगठन (वर्ल्ड नेवाः अर्गनाइेसन) ले विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिता (World Newah Quiz Contest 2023) को दोश्रो संस्करण सम्पन्न गरेको छ ।
संगठनले भदौ २ गतेबाट वर्ल्ड नेवाः क्वीज कन्टेस्ट २०२३ सुरु गरेको थियो । शनिबार एक कार्यक्रमको आयोजना गरी पहिलो, दोस्रो तथा तेस्रो भएको प्रतियोगिहरुलाई सम्मान तथा नगद पुरस्कार वितरण गरियो ।
कार्यक्रममा सँस्कृती, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले विजयी टोलीलाई नगद तथा पदक प्रदान गर्नुभयो ।
प्रथम हुनेलाई एक हजार डलर, द्वितियलाई आठ सय डलर तथा तृतीय हुन प्रतियोगिलाई छ सय डलर नगद सहित प्रमाणपत्र प्रदान गरेको थियो । त्यस्तै सान्त्वना पुरस्कार स्वरुप प्रतियोगिहरुलाई ४ सय डलर उपहार प्रदान गरिएको थियो ।
आधुनिक प्रविधिको माध्यमबाट भएको उक्त प्रतियोगीतामा विश्वका हरेक कुनाकाप्चामा रहेका १८ वर्षसम्मका र १२ कक्षासम्मका विद्यार्थीहरुहरुको सहभागिता रहेको थियो ।
प्रतियोगीतामा जम्मा ३२ टोलीको सहभागीता रहेको थियो ।
Categorized in पेजथ्री