फिलिपिन्समा ७.६ रेक्टरको भुकम्प
SamacharDesk | २०८० मङ्सिर १७, आइतबार

दक्षिणी फिलिपिन्सको मिन्डानाओमा गएराती ७ दशमलव ६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७.६ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
यसको गहिराइ ३२ किलोमिटर थियो । गएराती स्थानीय समय अनुसार १० बजेर ३७ मिनेटमा शक्तिशाली भूकम्प गएको हो । समुद्रभित्र जमिनको सतहदेखि ३२ मिलोमिटर तलबाट भूकम्प गएको जनाइएको छ ।
भूकम्पलगत्तै समुद्रमा सुनामीको चेतावनी जारी गरिएको थियो भने समुद्री किनारका बासिन्दालाई घर छाडेर सुरक्षित स्थानमा जान भनिएको थियो ।
तर भूकम्पबाट मानवीय क्षति भने भएको खबर छैन । भूकम्पको धक्का इण्डोनेसिया र मलेसियासम्म महसुश गरिएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय