महबाट ‘द्यःयात छाःगु स्वां’ को म्यूजिक भिडियो सार्वजनिकः भिडियोसहित
SamacharDesk – बिराज | २०८० मङ्सिर १७, आइतबार

सार्वजनिक वर्तमान समयमा नेपालभाषाको संगीत क्षेत्रमा चर्चित गायिका रत्नशोभा महर्जनबाट स्वरबद्ध गीत ‘द्यःयात छाःगु स्वां छफ्वः’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतका संगीत संयोजक जिवित जल्मीकै युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।
नेपालका प्रख्यात हास्य जोडी वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यले ट्याबलेटमार्फत म्यूजिक भिडियो सार्वजनिकीकरणलाई औपचारिकता दिए ।
सार्वजनिक भएको म्यूजिक भिडियोमा अनुज शाक्य र न्यान्सी महर्जनले अभिनय गरेका छन् । मोडलद्वय शाक्य र महर्जनलाई अस्मिता मगर र ललिता राईले साथ दिएका छन् ।
लूनिभाः प्रोडक्सनका बाबुकाजी जल्मीले छायाङ्कन र दृश्य सम्पादन गरेको भिडियोको निर्देशन सुरज कपालीले गरेका छन् । गीतमा शब्द र संगीत विनोद जल्मीको रहेको छ ।
Categorized in पेजथ्री