थप ३० जनामा संक्रमण भेटियो, संक्रमित संख्या ४८७
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ ९, शुक्रबार

नेपालमा शुक्रबार विहानै थप ३० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीमा २६ जना पुरुष र ४ जना महिला गरी ३० जनामा संक्रमण भेटिएको हो ।
मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारीका अनुसार नवलपरासी (वर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, चितवन भरतपुर महानगरपालिका ६ केसरबाघ निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३ र ३५ वर्षीय पुरुषहरु र १५ वर्षीय महिला छन् ।
साथै कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरु र ८ वर्षीय वालिका समेतमा संक्रमण पुष्टि भएको हो ।
सर्लाही गोडैता नगरपालिका ८, ९, ११, १३, १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा ३० जनामा संक्रमण देखिएको हो ।
सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । जसमध्ये ४९ जना उपचार पछि निको भइसकेका छन् ।
३ जनाको भने मृत्यु भइसकेको छ । गुल्मीका ४१ वर्षीय पुरुषको हिजैमात्र मृत्यु भएको थियो ।
हिजो मात्रै नेपालका विभिन्न ठाउँमा ३० जनालाई संक्रमण पुष्टि भएको थियो । तीमध्ये २३ जना झापा निवासी रहेका थिए ।
Categorized in राष्ट्रिय