arin enterprises

‘सीआईडी’का अभिनेता फ्रेडरिकको निधन

SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर १९, मंगलबार

भारतको सोनी टिभीको चर्चित कार्यक्रम ‘सीआईडी’का फ्रेडरिक दिनेश फड्निसको निधन भएको छ । अभिनेता दिनेशको मंगलबार ५७ बर्षको उमेरमा निधन भएको हो ।

उनको बिहान १२ः०८ बजे  मुम्बईस्थित तुंगा अस्पतालमा उपचारको क्रममा निधनको भएको भारतिय संचारमाध्यमले जनाए ।

सन् १९९८ मा पहिलो पटक प्रसारण भएर सोनी टिभीमा २० वर्षसम्म चलेको कार्यक्रम ‘सीआईडी’मा फ्रेडरिकको भूमिका खेलेपछि दिनेश चर्चित बनेका थिए ।

उनका सहकर्मी दयाको भुमिकामा रहेका दयानन्द चन्द्रशेखर शेट्टीले उनको मृत्युको कारण ‘मल्टिपल अर्गन फेल’ भएको बताए । उनले भने, ‘धेरै जटिलता थिए र उनलाई हिजो राति भेन्टिलेटरबाट हटाइयो । उनको अन्तिम संस्कार बिहान साढे १० बजे मुम्बईको दौलत नगर श्मशान गृह, बोरिवली पूर्वमा हुनेछ ।’

यसअघि आइतबार हृदयघात भएको खबर आएपछि दिनेशलाई अस्पताल भर्ना गरिएको थियो । पछि शेट्टीले यो कार्डियक अरेस्ट नभएर कलेजोमा क्षति भएको जानकारी दिएका थिए ।

उनले लोकप्रिय सिरिज तारक मेहता का उल्टा चश्मामा पनि उपस्थिति देखाए र सुपर ३० र सरफारोस जस्ता फिल्ममा सहायक भूमिका खेलेका छन् ।

Categorized in पेजथ्री