arin enterprises

विश्वभरिमा संक्रमितको संख्या ५२ लाख नाघ्यो

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ९, शुक्रबार

विश्वभरिमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५२ लाख नाघ्दासम्म निको हुनेको संख्या पनि २० लाख नाघेको छ ।

विश्वभरमा अहिले कुल संक्रमित संख्या ५२ लाख १० हजार ४ सय ७८ पुगेको छ । उपचारपछि कोरोेना जित्नेको संख्या भने २० लाख ९२ हजार ८ सय ७८ पुगेको छ ।

त्यसैगरी ३ लाख ३४ हजार ८ सय ९१ जना कोभिड १९ संक्रमितले मृत्युवरण गरी सकेका छन् ।

संयुक्त राज्य अमेरिकामा अहिले १६ लाख २१ हजार १ सय ९६ जना संक्रमित छन् भने ३ लाख ८२  हजार २ सय ४४ जना उपचार पछि निको भएका छन् । ९६ हजार ३ सय ५९ जनाले ज्यान गुमाइसके ।

रसियामा कोरोनाभाइरसबाट संक्रमितको संख्या ३ लाख २६ हजार ४ सय ४८ जना छन् । तीमध्ये ९९ हजार ८ सय २५ जना निको भएका छन् । ३ हजार २ सय ४९ जनाको भने मृत्यु भएको छ ।

दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा ३ लाख १० हजार ९ सय २१ जना संक्रमित छन् । तीमध्ये २० हजार ८२ जनाको मृत्यु भएको छ भने १ लाख २५ हजार ९ सय ६० जना संक्रमणबाट निको भएका छन् ।

स्पनेमा २ लाख ८० हजार १ सय १७ जना संक्रमित हुँदा १ लाख ९६ हजार ९ सय ५८ जनाले कोरोनालाई जितेका छन् । २७ हजार ९ सय ४० जनाको भने मृत्यु भएको छ ।

बेलायतमा २ लाख ५० हजार ९ सय ८ जना संक्रमित मध्ये ३६ हजार ४२ जनाको मृत्यु भइसकेको छ ।

इटालीमा २ लाख २८ हजार ६ जना संक्रमितमध्ये ३२ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ । १ लाख ३४ हजार ५ सय ६० जना निको भएका छन् । 

फ्रान्समा १ लाख ८१ हजार ८ सय २६ जना संक्रमितमध्ये ६३ हजार ८ सय ५८ जनाले भाईरससँगको लडाईँ जितेका छन् । २८ हजार २ सय १५ जनाले ज्यान गुमाइसके ।

जर्मनीमा १ लाख ७९ हजार २१ जना संक्रमितमध्ये १ लाख ५९ हजार जना उपचारपछि निको भएका छन् । ८ हजार ३ सय ९ जनाको मृत्यु भएको छ ।

छिमेकी राष्ट्र भारतमा १ लाख १९ हजार ४ सय १९ जना संक्रमितमध्ये ४८ हजार ९ सय ५७ जना निको भइसकेका छन् । ३ हजार ५ सय ९९ जनाको मृत्यु भइसकेको छ ।

हाल अद्यावधिक तथ्याङ्क अनुसार अहिलेसम्म संक्रमित कुल संख्या मध्ये ४०.१६ प्रतिशत उपचार पछि निको भएर घर फर्केका छन् । ६.४२ प्रतिशतले ज्यान गुमाएका छन् ।

विश्वभरी संक्रमितको संख्या बढे सँगै निको हुनेको संख्या पनि बढ्दै गएको देखिएको छ भने संक्रमण नियन्त्रणमा आउँदै गर्दा विभिन्न देशहरुमा लकडाउन खुकुलो बनाउँदै सामान्य जीवनमा फर्किने कोशिश पनि शुरु भइसकेको छ ।

Categorized in अन्तर्राष्ट्रिय