arin enterprises

इनर्जी ड्रिंक्स रेड्बुल अब नेपालमै उत्पादन

SamacharDesk | २०८० मङ्सिर २१, बिहिबार

इनर्जी ड्रिंक्स रेड्बुलले नेपालको नवलपुरको अमरापुरीमा आफ्नै फ्याक्ट्री स्थापना गरि उत्पादन तथा बिक्रिवितरण सुरुवात गरेको छ ।

खेतान समुहअन्तर्गतको सरस बेभरेजेजले थाईल्याण्डको लोकप्रिय इनर्जी ड्रिंक्स रेडबुल नेपालमा उत्पादन गर्न प्mयाक्ट्रीको स्थापना गरेको हो ।

मंसिर १९ गते नवलपुर स्थित फ्याक्ट्री उद्घघाटन गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले नेपालमा लगानीको बातावरण बन्दै गएकोमा निजि क्षेत्रको भरोसाप्रति सरकार प्रतिबद्ध रहेको विचार व्यक्त गरेका थिए ।

एकैदिन फ्याक्ट्री उद्घाटन र साँझ काठमाडौँमा रेडबुल पुनरागमनको कार्यक्रममा रेडबुल थाईल्याण्ड टीसिपीका सीईओ सरभूत युविध्याले विश्वका धेरै देशमा रुचाइएको रेडबुल नेपाली उपभोक्ता माझ पुनःल्याउन पाएकोमा खुशी व्यक्त गरे ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सरस बेभरेजेजका सीइओ पवन जगेटीयाले आमन्त्रित स्वदेशी तथा बिदेशी अतिथिलाई स्वागत गर्दै, जर्मन प्रबिधिबाट उत्पादित रेड्बुलको गुणस्तर विश्वस्तरको रहेको र स्थानीयलाई रोजगारीमा प्राथमिकतादिने बताए ।

पहिलो चरणमा २५० एमएलको पहेंलो रेडबुलको मुल्य प्रतिक्यान रु ११० रहने कम्पनीले जनाएको छ । 

Categorized in बिजनेस