arin enterprises

रहेनन् जुनियर महमूद

SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २२, शुक्रबार

बलिउड अभिनेता जुनियर महमूदको नामले परिचित नईम सैयदको निधन भएको छ । बिहिबार जुनियर महमूदका छोरा हसनैनले आफ्नो बुबाको मृत्यु भएको पुष्टि गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

महमूदको जन्म सन् १९५६ साल मुम्बईमा भएको थियो । ६७ वर्षीय कलाकार लामो समय देखि चौथो स्टेजको पेटको क्यान्सरबाट पीडित थिए ।

उनलाई केहिसमय अघि अस्पतालमा भर्ना गरि ल्याइएको थियो । अस्पतालबाट घर जाने क्रममा जुनियर महमूदले पत्रकारहरुसँग कुरा गर्दै आफ्नो अन्तिम इच्छा व्यक्त गरेका थिए ।

उनले भने, “म मरेँ भने संसारले भन्नेछ त्यो केटा राम्रो थियो । चार जनाले यसो भने भने तिमीले जित्यौ भनी सोच ।” साथै उनले आफ्ना साथी सलाम काजी, जितेन्द्र र सचिन पिलगाउँकरलाई भेट्न चाहेको बताएका थिए ।

सन् १९६६मा मोहब्बत जिंदगी है नामक फिल्मवाट जुनियर महमूदले आफ्नो फिल्मी करियर बाल कलाकारको रुपमा सुरु गरेका थिए । उनले हाथी मेरे साथी, मेरा नाम जोकर जस्ता अरु धेरै चर्चित फिल्महरुमा काम गरेका थिए ।

Categorized in पेजथ्री