रियल म्याड्रिड बराबरीमा रोकियो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २४, आइतबार

स्पेनिस लालिगामा रियल म्याड्रिडले बराबरीमा रोकेको छ । शनिबार रियलले रियल बेटिससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
बेटिसको घरेलु मैदानमा भएको खेलको ५३ औं मिनेटमा बेलिंघमले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । तर उनको गोल रियललाई जित दिलाउन पर्याप्त रहेन ।
घरेलु टोलीका ऐटोर रुइबलले ६६ औं मिनेटमा डिबक्स बाहिरबाट शानदार बराबरी गोल गरेका थिए ।
रियलमा शानदार सुरुवात गरेका बेलिंघमले १८ खेलमा १६ गोल गरेका छन् । उनले ला लिगामा यस सिजन १४ खेलमा १२ गोल र दुई असिस्ट गरेका छन् ।
बराबरीमा रोकिन परेपनि रियल ३९ अंकका साथ लिगको शीर्ष स्थानमा छ । गिरोना ३८ अंक सहित दोस्रो र बार्सिलोना ३४ अंक सहित तेस्रो स्थानमा छ । बेटिस २६ अंक सहित सातौं स्थानमा छ ।
रियल बराबरीमा रोकिएको नतिजाले गिरोनाको शीर्ष स्थानमा पुग्न सम्भावना बढेको छ । त्यसका लागि गिरोनाले आईतबार बार्सिलोनालाई हराउनुपर्ने हुन्छ ।
Categorized in स्पाेर्ट्स