arin enterprises

आर्सनल एस्टन भिल्लासँग पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २४, आइतबार

प्रिमियर लिगमा आर्सनल एस्टन भिल्लासँग पराजित भएको छ । शनिबार राति भएको आर्सनल एस्टन भिल्लासँग १–० ले पराजित भएको हो ।

भिल्ला क्लबकालागि जोन मेकगिनले विजयी गोल गरे । लियोन बेलीको क्रसलाई नियन्त्रणमा लिदै ७ औं मिनेटमा उनले बललाई पोस्टको दिशा दिएका थिए ।

यहि अग्रता जोगाउँदै भिल्ला विजयी भयो । खेलको अन्तिममा काइ हभार्ट्जको गोल रेफ्रीले हेन्ड बलको कारण देखाउँदै मान्यता दिएनन् ।

आर्सनलको सबै प्रतियोगिता लगातार ६ जितको यात्रामा पूर्णविराम लागेको छ । यो हारको कारण आर्सनलले शीर्ष स्थानमा पुग्ने अवसर समेथ गुमाएको छ ।

यस्तै एस्टन भिल्लाले भने शीर्ष स्थानको लिभरपुलसँगको दुरी २ अंकमा झारेको छ ।

भिल्लाले ३५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

आर्सनलको ३६ अंक छ । शीर्ष स्थानको लिभरपुलको ३७ अंक छ ।

Categorized in स्पाेर्ट्स