arin enterprises

मेस्सी र रोनाल्डो पुन भेट हुँदै

SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २६, मंगलबार

फुटबल जगतका दुई महारथि क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको मैदानमा पुन भेट हुने भएको छ ।

मेस्सी प्रेरित क्लब इन्टर मियामीले साउदी अरबमा दुई खेल खेल्ने घोषणा गरेसँगै रोनाल्डोसँग मेस्सीको पुन एक पटक मैदानमा भेट हुने पक्का जस्तै भएको हो ।

मियामीका अनुसार क्लबले रियाद सिजन कपमा भाग लिनेछ । इन्टर मियामीले जनवरी २९ मा अल हिलालसँग र फेब्रुअरी १ मा रोनाल्डो प्रेरित क्लब अल नासरसँग खेल्नेछ ।

मेस्सी र रोनाल्डोले खेल करियरको दौरान ३५ पटक आमने सामने भएका छन् । जसमा मेस्सीले १६ र रोनाल्डोले १० पटकको खेल जितेका छन् । अन्य ९ पटकको खेल बराबरीमा सकिएको छ ।

सो खेलहरुमा मेस्सीले २१ गोल र १२ असिस्ट प्रदान गरेका छन् भने रोनाल्डोले २० गोल र एक असिस्ट दिएका छन् ।

मेस्सी र रोनाल्डोलाई विश्व फुटबलले एक समय रियल म्याड्रिड र बार्सिलोनाका लागि खेल्दै विश्व क्लब फुटबलका प्राय सबै उपाधि जितेका छन् ।

मियामीका खेल निर्देशक क्रिस हेन्डरसनले भने ‘ हामी आफ्नो समूहमा अल हिलाल र अल नासर जस्ता स्तरीय टिमसँग खेल्न जान पाउँदा उत्साहित छौं । यस खेल हाम्रो टिमका लागि महत्वपुर्ण परिक्षण पेश गर्नेछ । जसले हाम्रो नयाँ सिजनमा फाइदा पुग्नेछ ।’

एक समय साउदी अरबको पर्यटन प्रबद्र्धनमा मेस्सी सहभागी भएपछि उनका तत्कालिन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले उनलाई निलम्बन गरेको थियो ।

यस्तै पीएसजीले समेत पाहुना टोलीको रुपमा यस रियाद सिजन कपमा खेल्नेछ ।

Categorized in स्पाेर्ट्स