जापानको होक्काइडो प्रान्तमा भारी मात्रामा माछा मृत फेला
SamacharDesk | २०८० मङ्सिर २६, मंगलबार

जापानको होक्काइडो प्रान्तमा अवस्थित समुन्द्रमा भारी मात्रामा माछा मरेका छन् ।
अक्सिजन अभाव वा समुद्री तटमा बिष छरिएका कारण माछा मरेको हुन सक्ने अनुमान गरिएको छ ।
उक्त प्रान्तको समुद्री तटमा अनगिन्ती माछा मरेको देखिएपछि प्रान्तका वासिन्दाहरु भने माछा संकलनमा लागेका छन् ।
समुद्री तट नै सेताम्य हुने गरी ठुलो मात्रामा माछा मर्नुको कारणबारे अनुसन्धान जारी रहेकै बेला स्थानीयले माछा संकलन गरेपछि स्वास्थ्यविद्हरुले मरेका माछा घातक हुन सक्ने चेतावनी दिएका छन् ।
स्थानीय प्रशासनले भने मरेका माछा नखान र बिक्री बितरण नगर्न सचेत गराएको छ । सार्डिन र म्याकरेल प्रजातीका माछा मरेको पाइएको जापानी अधिकारीहरुले बताएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेकोे भिडियोमा मरेका माछाले समुद्रको पानी करिब एक किलोमिटरसम्म सेतो देखिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय