ड्रिम्स डिजिटलको स्रष्टा सम्मान सम्पन्न
SamacharDesk – बिराज | २०८० मङ्सिर २७, बुधबार

ड्रिम्स डिजिटल प्रा.लि.लेस्रष्टाहरूलाई सम्मान गरेको छ । ड्रिम्सले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्रष्टाहरुको सम्मान गरेको हो ।
कार्यक्रममा उप– सभामुख इन्दिरा रानाले स्रष्टाहरुलाई सम्मान प्रदान गरिन् ।
गायक, संगीतकार इन्द्र जि.सी, गायक ऋषि अधिकारी, संगीतकार वि.वि. अनुरागी, गीतकार राजकुमार बगर, गायिका लक्ष्मी न्यौपाने ,नायक तथा मोडल शितल के.सी., गायक तथा संगीतकार टिका बम्जन, गायक नमराज ढुङ्गाना, सञ्चारकर्मी चन्द्रमणी गौतम, एरेञ्जर तथा संगीतकार राजु खड्कालाई सम्मान गरिएको हो ।
त्यसैगरी मोडल तथा निर्माता निशान रसाइली, सर्जक शम्भु कुवँर, गायक जीवन परियार, गायक रेशम कुमार विश्वकर्मा, गायक तथा एरेञ्जर जि.पुन (जित बहादुर पुर्जा पुन), गायक, एरेञ्जर तथा मोडल यमन खनाल, सर्जक तथा गायक विनोद ढकाल, भिडियो निर्देशक रेशम कुमार स्याउली तामाङलाई पनि सम्मान गरिएको हो ।
त्यस्तै संगीतकार तथा ग्राफिक्स डिजाइनर शान्त शिशिर, गायक हेमराज डाँगी, गायक कृष्ण प्रसाइँ, मोडल दिपेश एस.के., मोडल दिप केसी, गायक भिम मगर, गीतकार सिकन्दर ठाकुर, गायक तथा सर्जक अभिनव चौहान, सञ्चारकर्मी शिवराम भण्डारी, दोहोरी सञ्चालक सविन श्रेष्ठ, कलाकार अनिता कार्की, गायक अभिनय यादव, छायाँकार तथा सम्पादक मदन राई, गायिका मिना वेल्बासे, गायक नविन गुरुङ, गीतकार सन्दिप मगर, भिडियो सम्पादक सुविन दाहाल, समाजसेवी शिवदेव पाण्डे तथा चाँगुनारायण रोधि कल्व परिवार सम्मानित भएका छन् ।
सम्मान ग्रहण गरेपछि सर्जक तथा गायक ऋषि अधिकारी, संगितकार तथा एरेञ्जर वि.वि अनुरागीले आआफ्ना विचार राखेका थिए । गायक इन्द्र जि.सी, रेशम कुमार विश्वकर्माले गीत प्रस्तुत गरे भने दिपेश एस.के.को टिमले नृत्य प्रस्तुत गरेका थिए ।
२०७२ सालमा स्थापित ड्रिम्स डिजिटल प्रा.लि ले आफ्नो स्थापना कालदेखि नै विभिन्न कार्यक्रममार्फत सर्जकहरूलाई सम्मान गर्दै आएको छ ।
Categorized in पेजथ्री