महामारीकै बीच भिन्सी प्रिमियर टि १० लिग शुरु
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ९, शुक्रबार

कोरोनाभाइरस (कोभिड १९) महामारीकै बीच आजबाट पूर्वी क्यारेबियन देश सेन्ट भिन्सेन्ट र द ग्रेनेडाइन्समा भिन्सी प्रिमियर टी १० लिग प्रतियोगिता (विपिएल) सुरु भएको छ ।
महामारीका बीच शुरु गरिएको खेलबाट संक्रमण फैलन नदिन केही नियम परिवर्तन गर्न प्रस्ताव गरेको छ ।
खेलाडी तथा म्याच अफिसियलको सुरक्षालाई ध्यानमा राख्दै नियम परिवर्तन गरिएको हो ।
कोरोना संक्रमण सर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बललाई चम्काउनका लागि थुक र पसिनाको प्रयोगमा निषेध गरिएको छ ।
खेलमा सबै टिमका लागि अलग्गै ड्रेसिङ रुमको व्यवस्था गरेको आयोजक सेन्ट भिन्सेन्ट तथा ग्रेनेडाइन्स क्रिकेट एशोसियसन (एसभिजिए) का अध्यक्ष किशोर शालोले बताए ।
यसको साथै खेलाडीलाई हात धुन र स्यानिटाइज गर्नका लागि छोटो ब्रेकको पनि व्यवस्था हुनेछ ।
शालोले कोरोनाभाइरस फैलिरहेको समयमा म्याच भइरहेको हुँदा रंगशालामा दर्शकहरुलाई टाढा बस्ने व्यवस्था गरेको बताए ।
खेलाडीहरुले भने आफ्ना समर्थकलाई भेट्न पाउने छैनन् ।
लिग ३१ मईसम्म जारी रहनेछ ।
प्रतियोगितामा ६ टिमले १० दिनको दौरान २८ खेल खेल्नेछन् ।
हरेक दिन ३ म्याच खेलिनेछ ।
लिगमा ६ वटा टोलीबाट ७२ जना खेलाडीहरुको सहभागीता रहेको छ ।
Categorized in स्पाेर्ट्स