फिफा द वेस्ट अवार्डका लागी अन्तिम तीन नामहरु सार्वजनिक
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २९, शुक्रबार

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले फिफा द वेस्ट अवार्डका लागि उत्कृष्ट पुरुष तथा महिला खेलाडीको विधाको मनोनयनमा परेका जना खेलाडीहरुको नाम सार्वजनिक गरेको छ ।
आगामी १५ जनावरी इंग्ल्यान्डको लन्डनमा हने अवार्ड कार्यक्रमको लागि फिफाले तीन तीन जना महिला र पुरुष खेलाडीको नाम सार्वजनिक गरको हो ।
यो नाम फिफाले १ अगस्ट २०२२ देखि २० अगस्ट २०२३ सम्मको प्रदर्शनको आधारमा उत्कृष्ट तीन महिला खेलाडीको नाम सार्वजनिक गरिएको हो ।
यस्तै १९ डिसेम्बर २०२२ देखि २० अगस्ट २०२३ सम्मको अवधिका गरेको प्रदर्शनको आधारमा तीन जना पुरुष खेलाडीको नाम घोषणा गरिएको छ ।
विज्ञहरूको प्यानलद्वारा छनोट गरी कुल १६ खेलाडीहरु सुरुमा उत्कृष्ट फिफा महिला खेलाडी अवार्डका लागि मनोनयन गरिएको थियो ।
यता पुरुष खेलाडि तर्फ पनि फुटबल विशेषज्ञहरुले कुल १२ खेलाडीहरु प्रारम्भमा उत्कृष्ट फिफा पुरुष खेलाडीको अवार्डका लागि मनोनयन गरिएको थियो ।
जसलाई प्यानलले छनोट गरेको थियो । त्यस्तबाट पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक, पुरुष राष्ट्रिय टोलीका कप्तान, महिला राष्ट्रिय टोलीका प्रशिक्षक, महिला राष्ट्रिय टोलीका कप्तान, फुटबल पत्रकार र फिफाको आधिकारिक वेबसाइटमा मतदान गर्ने फ्यानको भोटको आधारमा निर्णायक मण्डलले छनोटवाट तीन तीन जना उत्कृष्ट खेलाडिहरु छानोट गरिएको हो ।
पुरुष खेलाडी
इर्लिङ हालान्ड (नर्वे / म्यानचेस्टर सिटी)
केलियन एमबाप्पे (फ्रान्स / पेरिस सेन्ट–जर्मेन)
लियोनल मेसी (अर्जेन्टिना / पेरिस सेन्ट जर्मेन / इन्टर मायमी)
महिला खेलाडी
आइटाना बोनमाटी (स्पेन / एफसी बार्सिलोना)
लिन्डा काइसेडो (कोलम्बिया / डिपोर्टिभो काली फेमेनिनो / रियल म्याड्रिड )
जेनिफर हर्मोसो (स्पेन /सिएफ पाचुका)
#TheBest FIFA Men's Player Finalists!
— FIFA World Cup (@FIFAWorldCup) December 14, 2023
Erling Haaland
Kylian Mbappe
Lionel Messi
Learn more about the final three.
Categorized in स्पाेर्ट्स#TheBest FIFA Women's Player Finalists!
— FIFA Women's World Cup (@FIFAWWC) December 14, 2023
Aitana Bonmati
Linda Caicedo
Jennifer Hermoso
Learn more about the final three.
