रियल पुनः शीर्ष स्थानमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष २, सोमबार

स्पेनिस ला लिगाको तालिकामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ । आईतबार भिल्ला रियललाई ४–१ ले हराउँदै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
रियललाई जिताउन जुड बेलिंघम, रोड्रिगो, डियाज र लुका मोड्रिकले गोल गरे । पाहुना टोलीका जोस लुइस मोरालेसले एक गोल फर्काएका थिए ।
खेलमा बेलिङघमले २५ औं मिनेमा गोल गर्दै रियललाई अघि बढाएका थिए । उनलाई मोड्रिकले पास उपलब्ध गराएका थिए ।
रोड्रिगोले ३७ औं मिनेटमा रियलको अग्रतालाई दोब्बर बनाएका थिए ।
दोस्रो हाफ लगत्तै मोरालेसले भिल्ला रियललाई खेलमा फर्काउने कोशिश गरेका थिए ।
तर लगतै डियाजले ६४ औं र मोड्रिचले ६८ औं मिनेटमा गोल गर्दै रियलको जित निश्चित गरे ।
शीर्ष स्थानको रियलको ४२ अंक छ । एक खेल कम खेलेको जिरोनाको ४१ अंक छ ।
भिल्ला रियल १६ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स