ब्राइटनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष २, सोमबार

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ ।
आईतबार ब्राइटनलाई २–० ले हराउँदै आर्सनल लिगको शीर्ष स्थानमा फर्किएको हो ।
आर्सनलको जितमा गाब्रियल जिसस र काइ हभार्ट्जले समान एक एक गोल गरे ।
खेलको ५३ औं मिनेटमा जिससको गोलमा आर्सनलले खेलमा अग्रता बनाएको थियो । खेल सकिन ३ मिनेट अघि हभार्ट्जले गोल गर्दै आर्सनलको जित निश्चित गरे ।
शीर्ष स्थानको आर्सनलले ३९ अंक बटुल्दै शीर्षस्थानमा उक्लिएको हो ।
ब्राइटन २६ अंक सहित तालिकाको नवौं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स