केनको गोलमा बायर्न विजयी
SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष २, सोमबार

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले स्टुटगार्टलाई हराएको छ । सोमबार भएको खेलमा ह्यारी केनको दुई गोलसँगै बायर्नले स्टुटगार्टलाई ३–० ले हराएको हो ।
योसँगै केन बुन्डेसलिगामा २० गोल सबैभन्दा छिटो पुरा गर्ने पहिलो खेलाडी बने ।
खेल सुरु भएको दोस्रो मिनेटमै २ औं मिनेटमा गोल गर्दै बायर्नलाई अघि बढाएका थिए । केनले दोस्रो गोल खेलको ५५ औं मिनेटमा गरेका थिए ।
केनले १४ खेलमा लिगमा आफ्नो गोल संख्या २० पुर्याएका छन् ।
किम मिनले ६३ औं मिनेटमा गोल गर्दै बायर्नको जित सुनिश्चित गरेका थिए ।
यो जितसँगै दोस्रो स्थानको बायर्न म्युनिखले ३५ अंक जोडेको छ । शीर्ष स्थानको बायर लिभरकुसन भन्दा म्युनिख क्लब ४ अंकले पछि छ ।
स्टुटगार्ट ३१ अंक सहित तालिकाको चौथों स्थानमा छ ।
Categorized in स्पाेर्ट्स