arin enterprises

स्पेनीस ला लिगा जुन दोस्रो सातादेखि सुचारू गरिने

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ९, शुक्रबार

कोरोनाभाइरस (कोभिड १९) महामारीका कारण स्थगित भएको स्पेनीस ला लिगा जुनको दोस्रो सातादेखि सुचारू हुने भएको छ । 

लिगका खेलहरु आउँदो जुन १२ देखि हुने भनिएको छ । महामारीका कारण स्थगित भएको खेल सेभिया र रियल बेटिसबीचको खेलबाट सुरु हुनेछ । रामोन सान्चेज पिजुअनमा उक्त खेल हुनेछ ।

लिग सुचारु गर्ने तयारी थालिएको भएपनि यसका लागि स्पेनीस सरकाले अनुमति दिनुपर्नेछ ।

ला लिगाको बाँकी ११ चरणको पूरा खेल तालिका यही २८ मे मा २० क्लबलाई पठाइने छ ।

जुन दोस्रो साता ला लिगा मैदान फर्काउनको लागि स्पेनमा बार्सिलोना रियल मड्रिड लगायत क्लबहरुले हेल्थ प्रोटोकोल फलो गर्दै सानो समूहमा खेलाडीहरुले दुई साताअघि देखि अभ्यास थालेका थिए । 

उक्त अभ्यास अघि गरिएको कोरोनाको परिक्षणमा भने पाँच खेलाडीमा संक्रमण भेटिएको थियो ।

ला लिगाका खेलहरू कोरोना भाइरसका कारण मार्चको मध्यबाट अनिश्चितकालका लागि स्थगित भएको थियो ।

ला लिगाले कडा मेडिकल प्रोटोकल पालना गरेर लिग खेलाउने तयारी गरेको छ । स्टाफ र खेलाडीहरूले ती नियम पालना गर्नु पर्नछ ।

खेल खाली रंगशालामा खेलाइने छ ।

Categorized in स्पाेर्ट्स