arin enterprises

डि ब्रुइना प्रशिक्षणमा फर्के

SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष ३, मंगलबार

इंग्लिस क्लब म्यानचेस्टर सिटीको प्रमुख खेलाडी प्लेमेकर केभिन डि ब्रुइना म्यानचेस्टर सिटीसँग प्रशिक्षणमा फर्किएका छन् ।

बेल्जियमका अन्तर्राष्ट्रिय खेलाडी केभिन चोटको कारण चार महिना बिश्रामपछि मैदान फर्किने तयारीमा रहेका हुन् ।

म्यानसिटि क्लब विश्वकपको तयारीमा यतिबेला साउदी अरबमा छ । डि ब्रुइना क्लबमा फर्केपछि सिटीको‌ लागि सबैभन्दा ठुलो राहत भएको छ ।

केभिन क्लब विश्वकप अघि साउदी अरेबियामा आफ्नो म्यान सिटी टोलीका साथीहरूसँग प्रशिक्षण गरिरहेको फोटोहरु सार्वजनिक भएसँगै सिटी समर्थकहरु उत्साहित बनेका छन् ।

सिटीको‌ भर्खरैको निराशाजनक लयलाई ध्यानमा राख्दै आफ्नो स्टार प्लेमेकरले अब टिमको लयलाई फर्काएर ल्याउने आशा उनीबाट रहेको छ ।

Categorized in स्पाेर्ट्स