arin enterprises

प्रवासीको मुद्दामा ब्रसेल्समा बैठक

SamacharDesk – समाचारडेस्क – ईन्टरनेशनल ब्युरो | २०७५ आषाढ १४, बिहिबार

जर्मनी चान्सलर एन्जेला मर्केलले यूरोपीय संघका नेताहरुलाई प्रवासिको समस्या समाधानका लागी मिलेर काम गर्न भनेका छन् । जर्मनीको संसदमा बोल्दै एन्जेला मर्केलले प्रवासिको मुद्दा यूरोपीय संघको लागी निर्णायक पाइला हुनसक्ने बताए ।

मर्केलले यूरोपीय संघको ब्रसेल्समा हुन गइरहेको बिना दस्तावेजका प्रवासीको व्यवस्थापनमा केन्द्रीत भएर हुन गइरहेको सम्मेलनभन्दा अगाडी यस्तो आव्हान गरेकी हुन् । एन्जेला मर्केललाई नयाँ प्रवासिको प्रवेश रोक्नका लागी समझौता गर्न दबाव परीरहेको छ ।

जर्मनी गृहमंत्री होर्स्ट जईहोफाम प्रवासको मुद्दामा कडा व्यवहार देखाएपछि अहिले यस सम्मेलनमा सबैको ध्यान भने एन्जेला मर्केलमै रहेको छ । गृहमंत्री जईहोफामले यहि साताको अन्तबाट प्रवासीलाई सीमाबाट फिर्ता पठाउन शुरु गरीने भनिसकेका छन् ।

यी प्रवासिहरुमा सीरिया र संघर्षरत क्षेत्रबाट शरणको आशाबाट भागेर आएका शरणार्थीहरु पनि रहेका छन् भने धेरैजसो भूमध्यसागर पार गर्न खोज्ने अफ्रीकी मूलुकका पनि रहेका छन् ।

हाल प्रवासीहरु सवार जहाजहरुलाई इटालीको बन्दरगाहमा प्रवेश गर्नबाट रोक लगाएपछि शरणार्थीको मुद्दामा तनाव बढेको हो । प्रवासीको मुद्दामा इटाली सरकारले यूरोपीय संघबाट ठोस पहलकदमी गर्न भनेको छ ।

Categorized in अन्तर्राष्ट्रिय