थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ५४८
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ १०, शनिबार

नेपालमा थप ३२ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही जिल्लामा १३, कपिलवस्तु र रुपन्देहीमा ८–८ जना, काठमाण्डौँ, बारा र चितवनमा १–१ जनामा शनिबार बिहानै संक्रमण पुष्टि भएको हो ।
कपिलवस्तुका वाणगंगा नगरपालिका निवासी १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुषहरु र २७ वर्षीय महिलाको पि.सी.आर रिर्पोट पोजिटिभ आएको छ ।
कपिलवस्तुमा संक्रमण पुष्टि हुने मध्ये एक जना जनप्रतिनिधि र एक पत्रकार पनि रहेको बताइएको छ ।
सर्लाही गोडैता नगरपालिका र कविलासी नगरपालिका निवासी १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरुषहरुमा पनि संक्रमण भेटिएको छ ।
बारा, करैमाई गाउँपालिकाका ३७ वर्षीय महिलामा संक्रमण देखिएको छ ।
काठमाडौं निवासी ३५ वर्षीय पुरुषमा पनि आजै संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा तिनीहरुमा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परिक्षणमा रुपन्देहीका गौडहवा र रोहिणी गाउँपालिका निवासी २०, २०, २४, २४, २७, ३०, ३०, ५५ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको छ ।
साथै चितवनको भरतपुर महानगरपालिका–६, निवासी ७४ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा उनको स्वाब परिक्षण भएको थियो ।
आज थप भएका नयाँ संक्रमितहरु सबैलाई आइसोलेसनमा पठाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमित हुनेहरुको संख्या ५ सय ४८ पुगेको छ ।
तीमध्ये ७० जनालाई संक्रमण निको भइसकेको छ भने मृत्यु हुनेको संख्या ३ रहेको छ ।
Categorized in राष्ट्रिय