म्यानसिटि क्लब विश्वकप उपाधि नजिक
SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष ४, बुधबार

इंग्लिस क्लबम्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार जापानको शीर्ष डिभिजनको क्लब उरावा रेड डायमण्डलाई ३–० ले हराउँदै ले फाइनलमा पुगेको हो ।
साउदीको किंग अब्दुल्ला स्टेडियममा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा मारियस होइब्रेटेनको आत्मघाति गोलमा सिटीले खेलमा अग्रता बनाएको थियो ।
माटेओ कोभासिसले ५२ औं मिनेटमा गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाएका थिए । त्यसको ७ मिनेटपछि बर्नार्डो सिल्भाले सिटीको जित निश्चित गरेका थिए ।
सिटी क्लब विश्वकप जित्ने चौथों इङ्लिस क्लब बन्ने लक्ष्यमा छ । यसअघि चेल्सी, म्यानचेस्टर युनाईटेड र लिभरपुलले यो उपाधि जितेका छन् ।
सिटीले क्लब विश्वकपको उपाधिका लागि दक्षिण अमेरिकी महादेशको च्याम्पियन ब्राजिलियन क्लब फ्लोमिनेन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बार्सिलोना र बायर्न म्युनिखबाट दुई पटक यो उपाधि जितेका छन् ।
सिटीबाट तेस्रो पटक क्लब विश्वकपको उपाधि जित्ने अवसर उनलाई छ ।फ्लोमिनेन्सले सोमबार अल अहलीलाई २–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।
फाइनल खेल २२ डिसेम्बर साउदीमा हुनेछ ।
Categorized in स्पाेर्ट्स