न्युक्यासललाई हराउँदै चेल्सी सेमिफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष ४, बुधबार

चेल्सीले कारबाओ कपको सेमिफाइनलमा पुगेको छ । बुधबार चेल्सीले न्युक्यासललाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
स्टाकफोर्ड बिज्रमा भएको खेलमा चेल्सीले पेनाल्टी सुटआउटमा न्युक्यासललाई ४–२ ले हराएको हो ।
खेलमा अग्रता न्युक्यासलले १६ औं मिनेटमा कालम विलसनको गोलवाट लिएको थियो । इन्जुरी समयमा मायखाइलो मुड्रिकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
पेनाल्टी सुटआउटमा चेल्सीका लागि पेनाल्टीमा कोल पामर, कोनर गालाघेर, क्रिस्टोफर नकुन्कु र मुड्रिकले गोल गरेका थिए ।
न्युक्यासलका लागि केलम विल्सन र ब्रुनो गुइमारेसले गोल गर्दा मात्त रिचि र कारियन ट्रिपर भने असफल रहे ।
च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको न्युक्यासलले अर्को निराशाजनक नतिजा ब्यहोरेको छ ।
Categorized in स्पाेर्ट्स