arin enterprises

रोबर्टोको गोलसँगै बार्सिलोना विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष ५, बिहिबार

बार्सिलोनाले स्पेनिस लिगमा महत्वपुर्ण जित निकालेको छ । बुधबार बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा पुछारमा रहेको अल्मरियालाई ३–२ गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा कप्तान सर्गी रोबर्टोले दुई गोल तथा राफिन्हाले एक गोल गरे ।

खेलमा अग्रता ३३ औं मिनेटमा रोफिन्हाको गोलमा घरेलु टोलीको बार्सिलोनाले बनाएको थियो । लियो बापिस्टाओले ४१ औं मिनेटमा पाहुन टोलीका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफको ६० औं मिनेटमा राफिन्होको पासलाई सदुपयोग गर्दै रोबर्टोले बार्सिलोनालाई पुन खेलमा अग्रता दिलाए ।

एडगर गोन्जालेजले ७१ औं मिनेटमा पुन पाहुना टोली अल्मरियालाई २–२ गोलको बराबरीमा ल्याए ।

खेल सकिन ७ मिनेट अघि रोबर्ट लेवान्डोस्कीको पासमा रोबर्टोले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई जित दिलाएका थिए ।

यो जितसँगै तस्रो स्थानको उक्लिएको बार्सिलोनाले लीगको शीर्ष स्थानको जिरोनासँगको दुरी ६ अंकमा र दोस्रो स्थानको रियल म्याड्रिडसँगको दुरी ४ अंकमा झारेको छ । बार्साको ३८ अंक छ ।

पछिल्ला तीन खेलमा जित विहीन बार्सिलोनालाई कप्तान रोबर्टोले दुई गोल गर्दै जित दिलाएका हुन् ।

यो जितसँगै जाभी हर्नाल्डेजको टिम बार्सिलोना डालसमा मेक्सिकन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न निस्किएको छ ।

अल्मरिया ५ अंक सहित तालिकाको पुछारमा छ ।

Categorized in स्पाेर्ट्स