विश्वभर संक्रमितको संख्या ५३ लाख नाघ्यो, २१ लाख बढि निको
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १०, शनिबार

विश्वभरिमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५३ लाखको नाघेको छ ।
संसारभरीमा हाल ५३ लाख ८ हजार ५९ जना यस भाइरसबाट संक्रमित भएका छन् । २१ लाख ६० हजार ८ सय ५२ जना उपचार पछि निको भएका छन् ।
त्यस्तै, ३ लाख ४० हजार ७५ जनाको भने यस भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
संयुक्त राज्य अमेरिकामा यस भाइरसबाट संक्रमितको संख्या १६ लाख ४५ हजार ३ सय ५३ पुगेको छ । तीमध्ये ४ लाख ३ हजार २ सय २८ जना उपचार पछि निको भएका छन् भने ९७ हजार ६ सय ५५ जनाले ज्यान गुमाइसके ।
यो भाइरसबाट बढि प्रभावित दोश्रो मूलुक ब्राजिलमा संक्रमितको संख्या ३ लाख ३२ हजार ३ सय ८२ छ । २१ हजार १ सय १६ जनाको मृत्यु भएको छ भने १ लाख ३५ हजार ४ सय ३० जना संक्रमणबाट निको भएका छन् ।
रसियामा कोरोनाभाइरसबाट संक्रमितको संख्या ३ लाख २६ हजार ४ सय ४८ पुगेको छ । तीमध्ये ३ हजार २ सय ४९ जनाले ज्यान गुमाएका छन् । ९९ हजार ८ सय २५ जना निको भएका छन् ।
स्पेनमा २ लाख ८१ हजार ९ सय ४ जना संक्रमित हुँदा १ लाख ९६ हजार ९ सय ५८ जनाले कोरोनालाई जितेका छन् । २८ हजार ६ सय २८ जनाको भने मृत्यु भएको छ ।
बेलायतमा २ लाख ५४ हजार १ सय ९५ जना संक्रमित मध्ये ३६ हजार ३ सय ५३ जनाको मृत्यु भइसकेको छ ।
इटालीमा २ लाख २८ हजार ६ सय ५८ जना संक्रमितमध्ये ३२ हजार ६ सय १६ जनाको मृत्यु भएको छ । १ लाख ३६ हजार ७ सय २० जना निको भएका छन् ।
फ्रान्समा १ लाख ८२ हजार २ सय १९ जना संक्रमितमध्ये ६४ हजार २ सय ९ जनाले भाईरससँगको लडाईँ जितेका छन् । २८ हजार २ सय ८९ जनाले ज्यान गुमाइसके ।
जर्मनीमा १ लाख ७९ हजार ७ सय १३ जना संक्रमितमध्ये १ लाख ५९ हजार जना उपचारपछि निको भएका छन् । ८ हजार ३ सय ५२ जनाको मृत्यु भएको छ ।
कोरोनाभाइरस संक्रमणबाट प्रभावित मूलुकमा एघारौ स्थानमा रहेको छिमेकी राष्ट्र भारतमा १ लाख २५ हजार १ सय ४९ जना संक्रमितमध्ये ५१ हजार ८ सय २४ जना निको भइसकेका छन् । ३ हजार ७ सय २८ जनाको मृत्यु भइसकेको छ ।
हाल अद्यावधिक तथ्याङ्क अनुसार अहिलेसम्म संक्रमित कुल संख्या मध्ये ४०.७१ प्रतिशत उपचार पछि निको भएर घर फर्केका छन् । ६.४१ प्रतिशतले ज्यान गुमाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय