arin enterprises

‘साक्षी रूख’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट

SamacharDesk | २०८० पौष ५, बिहिबार

 सर्ट फिल्म ‘साक्षी रूख’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको छ । साक्षी रुख नेदरल्यान्डको ‘इन्टरनेसनल फिल्म फेस्टिभल रोटेर्डम’ र फ्रान्सको ‘क्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल शर्ट फिल्म फेस्टिभल’ मा छनोट भएको हो ।

निरञ्जनराज भेटवालद्वारा लिखित तथा निर्देशित फिल्म यसअघि दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलबाट विश्व प्रिमियर भएको थियो ।

१५ मिनेट लामो यो फिल्मको निर्माता नवनिधि दाहाल, मनरथ पोखरेल, प्रकाश आङ्देम्बे र सम्झना लामिछाने रहेका छन्

। यो फिल्म दुई फेस्टिभलमा छनोट भएपछि निर्माता नवनिधि दाहालले खुशी व्यक्त गरेका छन् ।

‘छोटो फिल्म छनोट भए पनि यसले समग्र नेपाली फिल्म क्षेत्रकै लागि कुनै न कुनै अर्थ राख्छ भन्ने विश्वास छ,’ दाहालले भने ।

यस फिल्ममा एक बालकले आमासँग आफ्नो अस्तित्त्व थाहा पाइसकेपछि गर्नुपरेको संघर्षलाई समेटिएको बताएको छ ।

विभिन्न फिल्म फेस्टिभलमा प्रदर्शन गरेपछि युट्युबमा सार्वजनिक गरिने निर्माण टोलीले बताए ।

Categorized in पेजथ्री