म्यानयु वेस्ट ह्यामसँग परजित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष ८, आइतबार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा म्यानयु वेस्ट ह्यामसँग २–० गोलले पराजित भएको हो ।
घरेलु मैदानमा वेस्ट ह्यामले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
खेलको ७२ औं मिनेटमा जेरोड बोएनले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाए । ७८ औं मिनेटमा मोहम्मद कुडुजले गोल गर्दै अग्रता दोब्बर बनाए ।
यो जितसँगै वेस्ट ह्याम अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । उसले १८ खेलमा ३० अंक जोडेको छ ।
यस्तै पराजित भएको म्यानचेस्टर युनाइटेडले समान खेलमा २८ अंक जोड्डै आठौं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स