arin enterprises

क्रिश्चियन धर्मावलम्वीहरु क्रिसमस मनाउँदै

SamacharDesk | २०८० पौष ९, सोमबार

नेपालसहित विश्वभर क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले विश्वभर क्रिसमस डे मनाईंदैछन् ।

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।

आजभन्दा २ हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको मानिन्छ ।  येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ ।

उनले मानव समुदायका लागि पुर्यान्एको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । यशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले यो पर्व मनाउने गर्दछन् ।

क्रिसमसमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनीहरुको भनाइ छ ।

दिवसका अवसरमा आज सार्वजनिक बिदा दिईएको छ ।

Categorized in राष्ट्रिय