arin enterprises

अफलाइन राइड गर्ने ४८ जना प्रहरीको नियन्त्रणमा

SamacharDesk | २०८० पौष ९, सोमबार

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गराउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौंका विभिन्न स्थानबाट ४८ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना जारी गर्दै काठमाडौंका विभिन्न स्थानहरूबाट अनधिकृत तवरले सर्वसाधारणहरूलाई ओसारपसार गर्ने क्रियाकलापमा संलग्न ४८ जना व्यक्तिहरुसहित ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको जनाएको छ ।

विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको प्रहरीको भनाई छ ।

साथै  सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सृजना हुने भएकाले सर्वसाधारणलाई अफलाइन राइड नगर्न प्रहरीले अनुरोध गरेको छ ।

Categorized in अपराध