arin enterprises

हेर्था बर्लिन द्वारा बर्लिन युनाइटेड पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १०, शनिबार

जर्मन बुन्डेसलिगा अन्तर्गत भएको खेलमा हेर्था बर्लिन विजयी भएको छ ।

शुक्रबार राति खेलिएको बर्लिन डर्बी अन्तर्गत उक्त खेलमा हेर्थाले युनियन बर्लिनलाई ४-० ले पराजित गरेको छ । 

हेर्थाको घरेलु मैदानमा खेलिएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

सेकेन्ड हाफमा हेर्थाका लागि इभिसेभिकले ५१औं मिनेटमा पहिलो गोल दिए ।

पछि लुकेबाकिओले ५२औं मिनेटमा दोश्रो गोल गर्दै खेललाई २–० मा पुर्याए । 

डा कुन्हाले ६१ मिनेटमा र बोयाटाले ७७ मिनेटमा गोल गर्दै हेर्थालाई ४(० को अग्रता दिलाएर जित हात पारे ।

यो जितसँगै हेर्थाले अघिल्लो सिजनमा व्यहोरेको हारको बदलासमेत लिएको छ । हेर्थाले गत नोभेम्बरमा भएको सिजनको पहिलो खेलमा युनियनसँग हार्नुपरेको थियो । 

यो जितपछि हेर्था बर्लिन २७ खेलबाट ३४ अंक जोडेर दशौं स्थानमा उक्लेको छ । युनियन भने २७ खेलबाट ३० अंकसहित १२ औं स्थानमा यथावत छ ।

बायर्न म्यूनिख २६ खेलबाट ५८ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स