गोल्डन भ्वाइस प्रेमध्वको म्यूजिक भिडियो सार्वजनिक
SamacharDesk – बिराज | २०८० पौष १७, मंगलबार

गोल्डेन भ्वाईस अफ नेपाल स्व. प्रेमध्वज प्रधानबाट स्वरवद्ध नेपालभाषाको गीत ‘छन्त छु जुल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच गायक प्रेमध्वजको साथमा गायिका प्रतिमा राजभण्डारीको युगल गीत सार्वजनिक गरिएको हो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीत सार्वजनिक गरे ।
गीतको लोकार्पण पछि बोल्दै कलाकार श्रेष्ठले यही गीतसंगीतले मानसिक तनावको साथमा कतिपय शारिरीक समस्यामा समेत उपचारको काम गर्ने धारणा राख्दै आफुलाई पनि संगीतले नै उर्जा दिइरहेको बताए ।
कार्यक्रममा प्रकाश सायमि, विजयरत्न असंबरे, मनराजा नकर्मि, गायिका प्रतिमा राजभण्डारी, विश्वास बज्राचार्य र गीतकार निर्मलरत्न शाक्यले गीतबारे आआफ्नो धारणा राखेका थिए ।
गीतको रचना गर्नुका साथै संगीत पनि निर्मलरत्न शाक्यले दिएका छन् । म्यूजिक भिडियोको निर्देशन विश्वास बज्राचार्यले गरेका छन् ।
म्यूजिक भिडियोमा चर्चित अभिनेता कर्मा र शोभा महर्जनले अभिनय गरेका छन् ।
Categorized in पेजथ्री