जापानमा दुई विमान एकआपसमा ठोक्किंदा ५ को मृत्यु
SamacharDesk | २०८० पौष १७, मंगलबार

जापानको टोकियो हानेदा विमास्थलको धावनमार्गमा दुईवटा विमान एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ ।
भूकम्प गएको २४ घण्टा नबित्दै जापानमा अर्को ठूलो दुर्घटना भएको छ । जापानको भूकम्पपीडितका लागि राहत सामग्री बोेकेको कोस्टगार्ड र जापान एयरलायन्सको विमान अवतरणका क्रममा एकआपसमा ठोक्किएको थियो ।
आपसमा ठोक्किएपछि कोस्टगार्ड(प्लेनमा सवार चालक दलका ६ जना सदस्य मध्ये पाँच जनाको मृत्यु भएको छ । दुई विमान ठोक्किंदा जापान एयरलाइन्सको विमान भने ठूलो आगलागी भएको छ ।
विमानबाट भने सबै ३ सय ७९ यात्रुको सकुसल उद्धार भएको एयरलायन्स कम्पनीले जनाएको छ ।
होक्काइदो शहरबाट चालकदलसहित ३ सय ७९ यात्रु लिएर जापान पुगेको एयरलाइन्सको जेट विमानमा अवतरण लगत्तै धावन मार्गमा गुडिरहेको समयमा नै आगलागी भएको थियो ।
विमानमा आगलागी भएपछि धावनमार्गमा आगोको गोला जस्तै दौडिरहेको थियो। जलिरहेको विमानबाट कोहीले हाम फालेर आफ्नो ज्यान बचाएको थियो भने बाँकी यात्रुहरुलाई समयमै उद्धार गरी ज्यान जोगिएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय