किटनाशक औषधी प्रयोग नगरौँ-डब्ल्यूएचओ
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १०, शनिबार

विश्वका धेरै देशहरूमा निसंक्रमणको नाममा ठाउँठाउँमा कीटनाशक औषधी प्रयोग भइरहेको छ । नेपालमा पनि नागढुङ्गा जगाति जस्तो विभिन्न ठाउँमा कीटनाशक स्प्रे गर्ने डिस्इन्फेक्ट तनेल राखेको छ ।
यहि कुरा ध्यानमा राख्दै शनिबार विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले कीटनाशकको स्प्रे प्रभावहीन हुनसक्ने सुझाव दिएको छ ।
यसको प्रयोगले भाइरस खतम नहुने तर यसवाट मानिसमा हुनसक्ने शारिरिक र मानसिक खतरालाई मध्यनजर गर्दै यो सुझाव दिएको हो ।
डब्ल्यूएचओको अनुसार फुटपाथ वा सडकमा कोरोनाभाइरस नहुने र त्यहाँ कीटनाशक स्प्रे गर्दा धुलो वा फोहरको कारणले कीटनाशक औषधी प्रभावहीन हुने बताएको हो ।
यो भाइरस श्वासप्रस्वासको माध्यमबाट सर्ने भएकोले त्यसमा कीटनाशक औषधी कुनै प्रकारले फाईदाजनक नहुने डब्लुएचओको भनाई हो ।
कीटनाशक औषधीहरु जस्तै क्लोरीन या अन्य रसायनले मानिसमा आँखा वा छाला पोल्ने, सास फेर्न गाह्रो हुने वा पेटको समस्या हुने भएको भन्दै डब्ल्यूएचओले प्रयोग नर्गन चेतावनी दिएको हो ।
Categorized in अन्तर्राष्ट्रिय