arin enterprises

नेपाल उड प्रदर्शनी हुँदै

SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष १८, बुधबार

नेपाल उड इन्टरनेशनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर एन्ड होम डेकोर इन्टरनेशनल एक्स्पो काठमाडौंमा हुँदैछ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि को संयुक्त आयोजनामा आउँदो पौष २० गतेदेखि तीन दिने एक्स्पो हुन लागेको हो ।

एक्स्पोमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धि मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धि बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी भृकृटीमण्डपमा हुन लागेको हो ।

प्रदर्शनीमा स्वदेशी तथा बिदेशी ख्याति प्राप्त ब्राण्डहरुका सय भन्दा बढि स्टलहरुबाट फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, विभिन्न कम्पनीका डिलर, सबडिलर र बिक्रेताहरुले काठ ब्यबसायसंग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने आयोजकले जनाएको छ ।

यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ८ वर्ष देखी कोसेढुंगा सावित हुदै आएको आयोजकको दाबी छ ।

आयोजकले प्रदर्शनीलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएको छ ।

यस प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफुले प्रयोग गरिरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्ने आयोजकले बताएको छ ।

नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउनुका साथै नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि यसले सकारात्मक भुमिका निर्वाह गर्ने आयोजकको विश्वास छ ।

प्रदर्शनीमा नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयर्स तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहनेछ ।

प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउनुका साथै विदेशमा सफलतापुर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बन्ने बताएको छ ।

Categorized in बिजनेस