arin enterprises

फ्रान्कफर्टमाथि वायर्न म्युनिखको फराकिलो जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ११, आइतबार

जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको वायर्न म्युनिखले फ्रान्कफर्टमाथि फराकिलो जित हात पारेको छ । 

शनिबार राति भएको खेलमा म्युनिखले फ्रान्कफर्टलाई २ को विरुद्ध ५ गोलले हराएको छ । 

पहिलो हाफमा म्यूनिख २–० ले अगाडी रह्यो । गोरेट्काले १७ औं मिनेटमा र थोमस मुलरले ४१ औं मिनेटमा गोल गरेर म्युनिखलाई २(० को अग्रता दिलाएको थियो ।

दोस्रो हाफको सुरुमा ४६औं मिनेटमा नै लेवान्डोस्कीले वायर्नलाई तेश्रो गोल दिए ।

त्यसपछि फ्रान्कफर्टका हिन्टरगेरले टिमलाई खेलमा फर्काउन कोशिश गरे ।

५२ र ५५ औं मिनेटमा फ्रान्कफर्टका हिन्टरगेरले गोल गरेर खेललाई ३(२ को अवस्थामा ल्याए ।

तर ६१औं मिनेटमा डेभिइसले गोल गर्दै दुरीलाई दोब्बर बनाए । डेभिइसको गोलसँगै म्यूनिख ४(२ ले अगाडी पुग्यो ।

फ्रान्कफर्टका हिन्टरगेरले ७४ औँ मिनेटमा आत्मघाती गोल गरेपछि बायर्नले खेललाई ५–२ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।

यो जितसँगै बायर्नले शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।

शीर्ष स्थानको वायर्न म्युनिखको २७ खेलबाट ६१ अँक रहेको छ भने दोस्रो स्थानको डर्टमुन्डको २७ खेलबाट ५७ अँक छ । 

Categorized in स्पाेर्ट्स