संसदको हिउँदे अधिवेशन माघ २२ गतेदेखि गर्न सिफारिस
SamacharDesk | २०८० माघ ९, मंगलबार

सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपरान्ह ४ बजे संघीय दुवै सदनको संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा. असिम भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको बताउनु भयो ।
राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको पद लामो समयदेखि खालि थियो । उहाँले राष्ट्रिय खेलकुद विकास नियमावली ०७९ को नियम १६ को उपनियम १ को खण्ड (क) बमोजिम मनोनयन गर्ने निर्णय गरिएको बताउनु भयो ।
उहाँले कोटेश्वर चोक सुधार परियोजनाका लागि जापान सरकारको करिव ३१ अर्ब २ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृतका लागि जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको बताउनु भयो ।
Categorized in राजनीति