एकैपटक ७२ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ६७५
SamacharDesk – विकाश | २०७७ जेठ १२, सोमबार

नेपालमा थप ७२ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं लगायत देशका विभिन्न स्थानमा थप ७२ जनामा कोरोना संक्रमण भएको बताएको हो ।
काठमाडौं लगायत धनुषा, बारा, रौतहट, सप्तरी, बर्दिया बाँके र दैलेखमा गरी ७२ जना नयाँ संक्रमित थप भएको हो ।
धनुषा नगराइन नगरपालिका–३ का ३०, ३१ र ४५ वर्षीय ३ जना पुरुष कपिलवस्तु शिवराज नगरपालिका–४, ५ र ६ का १९, २० र २३ वर्षीय ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी बारा कलैया, कोटवाली–१ का २५ र ३२ वर्षीय पुरुष २ जना, रौतहट राजपुर फरहदवा–२, ६, ८ र इशनाथ–२ का २६ जनामा संक्रमण पुष्टि भएको छ । तिनीहरु १८, १९, २२, २७, ३०, ३१, ३३, ३८, ४२, ४३, ४९, ५०, ५१ र ५३ वर्षीय एक एक जना ३५, ३६, ४० र ४८ वर्षीय तीन तीन जना पुरुष रहेका छन् ।
त्यसैगरी काठमाडौं टोखा नगरपालिका ३ र ६, बुढानीलकण्ठ नगरपालिका ३ मा २७, ४१ र ३७ वर्षीय पुरुषमा संक्रमण भेटिएको छ ।
उनीहरु सबैको स्वाब नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा परिक्षण गरिएको हो ।
त्यसैगरी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परिक्षणमा सप्तरी डाक्नेश्वरी गाउँपालिकाका २२ र ३४ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको नमूना परिक्षणमा बर्दिया बासगढी–९ का २५ वर्षीय पुरुष र बाँके दुधवा गाउँपालिका–२ र राप्ती सोनारी गाउँपालिका–७ का १६ र २४ वर्षीय पुरुष एक एक जना, २३ वर्षीय पुरुष दुई जनामा संक्रमण देखिएको छ ।
बारा गढीमाई नगरपालिकामा २१ जनामा संक्रमण पुष्टि भएको छ । किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा २६, ३०, ३१, ४०, ५० वर्षीय एक एक जना, १९, २४, ३६ वर्षीय दुई दुई जना, २० र २५ वर्षीय तीन तीन जना जना र १८ वर्षीय ४ जना पुरुषमा संक्रमण देखिएको हो ।
भेरी अस्पताल नेपालगंजमा गरिएको परिक्षणमा दैलेख नारायण नगरपालिका र ढुङ्गेघर नगरपालिकाका १५, १८, २७ र २९ वर्षीय ४ जना पुरुष र २५ वर्षीय एक जनामा महिलामा संक्रमण देखिएको छ ।
त्यसैगरी दैलेख गुराँस गाउँपालिकाका २४ र २५ वर्षीय दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरुको नमूना प्रदेश अस्पताल सुर्खेत, पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परिक्षण गरिएको थियो ।
योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित संख्या ६ सय ७५ पुगेको छ । तीमध्ये एक सय ५ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ३ जनाको मृत्यु भएको छ ।
