पर्यटन क्षेत्रमा सुरक्षातर्फ विशेष ध्यान दिनुपर्नेमा मन्त्री किराँतीको जोड
SamacharDesk – बिराज | २०८० माघ १२, शुक्रबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन क्षेत्रको विकासका निम्ति पहिलो र आधारभूत सर्त नै सुरक्षा भएको बताउनुभएको छ ।
नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले पर्यटनको विकासमा सुरक्षा भएपछि मात्रै समग्र पर्यटन क्षेत्रको विकासको अनुभूति गर्न सकिने विचार राखे ।
पर्यटन बोर्डमा शुक्रबार ‘४५औं पर्यटक प्रहरी दिवस, २०८०’ समारोहको आयोजना गरिएको थियो ।
सो अवसरमा मन्त्री किराँतीले पर्यटन क्षेत्रबाट रोजगारी सिर्जना गरी आर्थिक विकास गर्दै सुन्दर र सम्वृद्ध समाज निर्माण गर्न सबै आवद्ध सरोकारवाला निकायहरू अग्रसर हुनुपर्नेमा जोड दिए ।
सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पर्यटक प्रहरीले विगत लामो समयदेखि देशका विभिन्न पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरूको सेवा सुविधा र गुनासो व्यवस्थापनको लागि गर्दै आएको कार्य सराहनीय रहेको चर्चा गरे ।
समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.दिपक काफ्ले र होटल व्यवसायी संघ नेपालका अध्यक्ष विनायक शाह, संस्कृति पर्यटन विभागका महानिर्देशक चक्र बहादुर बुढा, प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर लगायतले आआफ्ना विचार राखेका थिए ।
कार्यक्रममा पर्यटक प्रहरीको गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन र नेपाल प्रहरी संगीत विद्यालयबाट सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो ।
Categorized in राष्ट्रिय