विश्वकपमा अन्तिम १६को समीकरण पूरा
SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ १५, शुक्रबार

रसियामा विश्वकप फुटबलमा समूह चरणका खेलहरुको समाप्तीसँगै अन्तिम १६ को समीकरण पनि पुरा भएको छ ।
अब शनिबारबाट विश्वकपको नक आउट चरण शुरु हुनेछ । समूह ए देखि एचसम्म प्रत्येक समूहका विजेता र उप विजेता टोली नक आउट चरणमा पुगेका छन् ।
अंकका आधारमा विजेता र उपविजेताको रुपमा दोश्रो चरणमा पुगेका टोलीहरुले भने अब नक आउट गेमहरु खेल्नेछन् । अबका खेलहरुमा विजेताले अर्को चरणमा प्रवेश पाउनेछन् भने हार्ने टोलि घर फर्किनेछन् ।
लिग राउन्डका कतिपय खेलका नतिजा अप्रत्याशित रह्यो ।
सावित विजेता जर्मनी कोरीयासँग २ गोल खाएर समूह चरणबाटै बाहिरिनुले पनि जर्मनी समर्थकलाई निराश बनायो । साविक विजेता जर्मनी पहिलो खेलमै मेक्सिकोसँग १–० ले पराजित हुनु पनि अप्रत्याशित नै रह्यो ।
त्यसैगरी झन्डै समूह चरणबाट बाहिरीन लागेको अर्जेन्टिना भने अन्तिम समयमा समूह उप विजेता बनेर अन्तिम १६ मा पुगेपछि निराश भइसकेका अर्जेन्टिनी समर्थकहरु उत्साहित बने । डेब्यु टिम आइसल्यान्डसँग अर्जेन्टिना बराबरीमा रोकिएला भनेर पनि कसैले सोचेका थिएनन् ।
विशेष गरी दावेदार टिमहरुको नतिजा नै अप्रत्याशित रह्यो ।
यो नतिजालाई कतिपय फुटबल विशेषज्ञले पुरानो टिमको हेपाहा प्रवृत्तीको नाम पनि दिए भने कतिपयले पुराना टिमको खेल खस्किएको भन्दा नयाँ टिम निखारिएको विश्लेषण पनि गरे ।
Categorized in स्पाेर्ट्स