arin enterprises

बार्सिलोना छोड्दै जाभी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ १४, आइतबार

स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले क्लब छोड्ने घोषणा गरेका छन् । बार्सिलोनाका पूर्व खेलाडी समेत रहेका उनले सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका हुन् ।

४४ बर्षिय जाभीले शनिबार राति भएको खेलमा बार्सिलोनाले भियारियालसँग ५–३ को हार बेहोरेपछि यस्तो निर्णय लिएका थिए ।

यसअघि जाभीले सुपर कपको फाइनलमा रियल म्याड्रिडसँग ४–१ को हार बेहोरेपछि क्लबले विश्वास गुमाए आफूले जिम्मेवारी त्याग्ने बताएका थिए ।

‘क्लबको निर्देशन बोर्डको भलाईका लागि, मैले छोड्नु राम्रो हो । मलाई र क्लबलाई गतिशिल बन्न परिवर्तन आवश्यक छ’ जाभीले भने ।

सन् २०२१ को नोभेम्बरमा कतारी क्लब अल सादको छोड्दै जाभीले बार्सिलोनाको प्रशिक्षण सम्हालेका थिए । जाभीले सन् २०२२–२३ को सिजन बार्सिलोनालाई ला लिगा च्याम्पियन बनाएका थिए ।

तर, यस सिजन स्वभाविक लयका निम्ति बार्सिलोना संघर्षरत छ । बार्सिलोना ला लिगामा शीर्ष स्थानको रियल म्याड्रिडभन्दा १० अंकले पछि छ ।

जाभीले सन् १९९८ देखि २०१५ सम्म गरी १७ वर्ष बार्सिलोनावाट खेलेका थिए । उनले बार्सिलोनावाट ५०५ खेल खेल्दै ५८ गोल गरेका छन् ।

बार्सिलोनाबाट जाभीले आठ ला लिगा र चार यूईएफए च्याम्पियन्स लिग उपाधि जितेका थिए।

२०१५ मा उनी बार्सिलोनाबाट अल सादमा गए । जहाँ उनले २०१९ मा सन्यास लिनुअघि चार ट्राफी जितेका थिए।

 

Categorized in स्पाेर्ट्स