arin enterprises

संक्रमित ५५ लाख नाघ्दासम्म निको हुने २३ लाख बढि

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १२, सोमबार

कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५५ लाख नाघेको बेला यस संक्रमणबाट निको हुनेको संख्या २३ लाख बढि पुगेको छ ।

संसारभरीमा यस भाइरसबाट संक्रमित संख्या ५५ लाख १३ हजार ३ सय ६९ पुगेको छ । त्यसैगरी २३ लाख ९ हजार २ सय ४६ जना उपचार पछि निको भएका छन् ।

३ लाख ४६ हजार ८ सय ६८ जनाको भने यस भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या १७ लाख नजिकिएको छ । यहाँ १६ लाख ८६ हजार ४ सय ३६ जना कोरोना संक्रमित भइसकेका छन् । 

४ लाख ५१ हजार ७ सय २ जना उपचार पछि निको भएका छन् । मृत्यु हुनेको संख्या पनि १ लाख नजिकिएको छ । यहाँँ ९९ हजार ३ सय जनाले ज्यान गुमाइसकेका छन् । 

रसियालाई उछिनिरे कोरोना संक्रमणबाट बढि प्रभावित मूलुकको सूचीमा दोश्रो स्थानमा आइपुगेको ब्राजिलमा संक्रमितको संख्या ३ लाख ६५ हजार २ सय १३ छ । 

२२ हजार ७ सय ४६ जनाको मृत्यु हुँदा १ लाख ४९ हजार ९ सय ११ जना संक्रमणबाट निको भएका छन् । 

रसियामा ३ लाख ५३ हजार ४ सय २७ जना संक्रमितमध्ये ३ हजार ६ सय ३३ जनाले ज्यान गुमाइसके । १ लाख १८ हजार ७ सय ९८ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।

स्पेनमा २ लाख ८२ हजार ८ सय ५२ जना संक्रमित हुँदा १ लाख ९६ हजार ९ सय ५८ जना निको भएका छन् । २८ हजार ७ सय ५२ जनाको भने मृत्यु भएको छ ।

बेलायतमा २ लाख ५९ हजार ५ सय ५९ जना संक्रमितमध्ये ३६ हजार ७ सय ९३ जनाको मृत्यु भइसकेको छ ।

इटालीमा २ लाख २९ हजार ८ सय ५८ जना संक्रमितमध्ये ३२ हजार ७ सय ८५ जनाको मृत्यु भएको छ । १ लाख ४० हजार ७ सय ४९ जना निको भएका छन् । 

फ्रान्समा १ लाख ८२ हजार ५ सय ८४ जना संक्रमितमध्ये ६४ हजार ६ सय १७ जनाले भाईरससँगको लडाईँ जितेका छन् । २८ हजार ३ सय ६७ जनाले ज्यान गुमाइसके ।

जर्मनीमा १ लाख ८० हजार ३ सय २८ जना संक्रमितमध्ये १ लाख ६१ हजार २ सय जना उपचारपछि निको भएका छन् । ८ हजार ३ सय ७१ जनाको मृत्यु भएको छ ।

भारतमा भने संक्रमितको संख्या बढ्दो दरमै छ । यहाँ संक्रमितको संख्या डेढ लाखको नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ९ सय ७७ जना नयाँ संक्रमित भेटिएका छन् ।

भारतमा १ लाख ३९ हजार ४९ जना संक्रमित भइसके भने ४ हजार २४ जनाको मृत्यु भइसकेको छ ।

संक्रमणलाई चाँडो निको पार्ने देशमध्येमा पनि भारत नै परेको छ । यहाँ हालसम्म ५७ हजार ७ सय २१ जना निको भइसकेका छन् । 

पछिल्लो २४ घण्टाको अद्यावधिक तथ्याङ्क अनुसार अहिलेसम्म संक्रमित कुल संख्या मध्ये ४१.८९ प्रतिशत उपचार पछि निको भएर घर फर्केका छन् । ६.२९ प्रतिशतले ज्यान गुमाएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय