arin enterprises

बैंकक जान लागेका यात्रुको पैसा चोरी गर्ने पक्राउ

SamacharDesk – क्राइम ब्यूरो | २०८० माघ १८, बिहिबार

काठमाडौंबाट बैंकक जान लागेका यात्रुको थाई भाट चोरी गरेको आरोपमा बुधबार काठमाडौंबाट एक जना पक्राउ परेका छन् ।

काठमाडौंबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको थाई भाट चोरी गरेको आरोपमा दैलेख महावु गाउँपालिका–३ घर भई काठमाडौं काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनारलाई पक्राउ गरिएको हो ।

सुनारले नेपाल एयरलाइन्सको उडानमार्फत बैंकक जान लागेका सुब्बाको झोलाबाट २० हजार थाई भाट चोरी गरेको आरोप लागेको छ ।

चोरीको आरोपमा पक्राउ परेका सुनार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बायुसेवा निगमको लोडरको रूपमा कार्यरत छन् ।

सुब्बाले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिएपछि प्रहरीले थालेको अनुसन्धानको क्रममा सुनारले चोरी गरेको देखिन आएको थियो ।

प्रहरीका अनुसार सिसिटिभि समेतको अवलोकन गर्दा सुनारको गतिविधि शंकास्पद देखिए पछि उनलाई नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको क्रममा उनले उक्त थाई भाट चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । खानतलासीको क्रममा सुनारबाट विभिन्न दरका थाई भाट १९ हजार ४ सय समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

सुनारलाई पक्राउ गरी थप अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाईएको छ । 

Categorized in अपराध