arin enterprises

थिमिको सडक दुर्घटनामा एक जनाको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ १९, शुक्रबार

मध्यपुर थिमिमा भएको एक सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ ।

बिहिबार बेलुकी भएको दुर्घटनामा दोलखा शैलुङ गाउँपालिका–७ घर भई हाल भक्तपुर बोडे बस्ने ३३ वर्षीय गणेश गिरीको मृत्यु भएको हो ।

बिहिबार बेलुकी सानोठिमीस्थित सडकमा प्रदेश नम्बर–३–०२–००७ प १६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गिरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर लगिएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 

Categorized in समाज