आगलागीबाट लाखाैंकाे धनमाल जलेर नष्ट
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ १९, शुक्रबार

सिन्धुपाल्चोकमा एउटा घरको साथै कुखुराको खोरमा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ ।
आज शुक्रबार विहान सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–४ टाकुरे बस्ने रामकृष्ण गजुरेलको घर र कुखुराको खोरमा आगलागी भएको हो ।
घटनामा करीब २३ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ ।
प्रहरीको अनुसार कुखुराको खोरमा करेन्ट सर्ट भई आगलागी भएको हो ।
खोरमा करेन्ट सर्ट भई भएको आगलागीमा सँगै रहेको घरसँगै कुखुराको खोर पनि पूर्णरूपमा जलेको छ ।
Categorized in समाज